काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । ग्यास उद्योगीलाई पाता फर्काउनुपर्ने विवादित अभिव्यक्ति दिएकै कारण उनको पद गएको ग्यास व्यवसायीहरुले जनाएका छन् ।
‘गौरीजीले अनावश्यक मुख चलाउनुभयो । काम भन्दा बढी मुख चलाउनुभयो । हामीलाई पाता कस्ने कुरा गर्नुभयो । हामीले यस विषयमा सरकारलाई ध्यानाकर्षणसमेत गराएका थियौँ ।’, एक ग्याँस व्यवसायीले अर्थ सरोकारसँग भने, ‘जे पायो त्यहि निर्देशन दिने, व्यवसायीसँग छलफल नै नगर्ने, अनि दोष जति व्यवसायीलाई दिएर आफ्नो लाचारीपन देखाउने कम भयो । उहाँले राजिनामा दिएर राम्रो भयो ।’
मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि ग्याँस व्यवसायीहरु र प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरुबीच वार्ता भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्