Skip to content
LAXMI SUNRISE BANK

दीपकुमार साहलाई उद्योगमन्त्री बनाउने बालेनको निर्णय !

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रास्वपा सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका छन् । तत्कालीन मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि बालेनले साहलाई अघि सारेका हुन् । 

साहलाई उद्योगमन्त्री बनाउने विषयमा प्रधानमन्त्री बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग पनि छलफल गरिसकेको प्रधानमन्त्री निकट स्रोतले पुष्टि गरेको छ ।

स्रोतका अनुसार उद्योगमन्त्रीमा साहलाई नियुक्त गर्नेसम्बन्धी बालेनको निर्णयसहितको सिफारिस राष्ट्रपति कार्यालय पठाइएको छ । साहलाई आजै (बिहीबार) शपथ ग्रहण गराउने तयारी छ ।

साह सुनसरी-४ बाट निर्वाचित सांसद हुन् । उद्योगीलाई पाता कस्ने अभिव्यक्ति दिएकी यादवले बिहीबार नै पदबाट राजीनामा दिएकी हुन् ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK