Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सिइओमा विकास ढुंगाना नियुक्त

अर्थ सरोकार

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा विकास ढुंगाना नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले १७ वर्षभन्दा लामो बैंकिङ अनुभव भएका ढुंगानालाई बैंकको डेपुटी सिइओ नियुक्त गरेको हो ।

ग्रीन डेभलपमेन्ट बैंक प्रवेश गर्नुअघि ढुंगाना कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

ढुंगानाको प्रवेशसँगै बैंकको आन्तरिक कार्यशैली, सेवा प्रवाह तथा बैंकको पर्फमेन्समा फरकपन देख्न पाइने बैंकको अपेक्षा छ । अर्कोतर्फ बैंकिङमा लामो अनुभव भएकाले पनि उनको उपस्थितिले संस्थागत विकासलाई गति दिने बैंकको विश्वास छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK