काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले २०८२ साल लेखिएको ५० रुपैयाँको नयाँ नोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याएको हो ।
साविककै आकार र रङमा ल्याउन लागिएको उक्त ५० रुपैयाँ नोटमा हस्ताक्षर भने गभर्नर डा. विश्वनाथ पौडेलले गरेका छन् ।
चलनचल्तीमा आउन लागेको ५० रुपैयाँको नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र र लालीगुँरासको पानी छाप राखिएको छ । पानी टापमा ५० रुपैयाँको अंकसमेत राखिएको छ । नोटको पृष्ठभागमा भने हिउँ चितुवाको चित्र राखिएको छ ।
त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडा सुरक्षण धागो राखिएको छ । प्रकाशतर्फ हेर्दा उक्त धागोमा ‘एनआरबी’ लेखिएको देखिन्छ । नयाँ नोटको सिरिजमा नेपालीतर्फ ‘वि.सं. २०८२’ र अँग्रेजीतर्फ ‘२०२५ एडी’ लेखिएको छ । नयाँ नोटको संकेत नम्बर २४ ०००००१ देखि ७० ९९९९९९ सम्म रहने राष्ट्र बेंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्