Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य ३६ सयले बढ्यो, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५० रुपैयाँले बढेर प्रतितोला ४७७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५९ हजार ८ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०९४ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK