Skip to content
LAXMI SUNRISE BANK

एमालेको ‘अप्रेसन ऐना’: पार्टी र नेतृत्वलाई गाली गर्नेहरुको फोटो र विवरण सार्वजनिक गर्दै !

अर्थ सरोकार

काठमाडौँ । नेकपा एमालेले ‘अप्रेसन ऐना’ अभियान सुरु गरेको छ । पार्टी र पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा गाली गर्नेहरुलाई लक्षित गर्दै एमालेले ‘अप्रेसन ऐना’ सुरु गरेको हो । 

उक्त अभियान अन्तर्गत पार्टी र पार्टी नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली गर्ने, भ्रम फैलाउनेमाथि डिजिटल निगरानी गरिने एमालेले जनाएको छ । 

सोही अभियान अन्तर्गत एमालेले पार्टीको फेसबुक पेजमार्फत पार्टी र नेतृत्वलाई अश्लील गाली गर्ने, भ्रामक र आपत्तिजनक अभिव्यक्ति दिनेहरुको कमेन्ट, नाम, तस्वीर र विवरण सार्वजनिक गरेको छ । 

एमालेले सो भिडियो सामाजिक सञ्जालमा गाली गर्नेहरुको घर-परिवारसम्म पुर्याइदिन पनि आग्रह गरेको छ । एमालेले उक्त अभियानलाई पार्टीविरुद्ध भ्रम फैलाउने, गाली गर्ने र प्रोपोगान्डा फैलाउनेविरुद्धको डिजिटल निगरानी भनेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK