काठमाडौँ । थुनामा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिने भन्दै साढे ४ लाख बढी असुली गर्ने पक्राउ परेका छन् । लागूऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै ४ लाख ७९ हजार रुपैयाँ असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका-८ का ४२ वर्षीय हरिराम गिरी र नुवाकोट घर भई हाल तारकेश्वर-८ बस्दै आएका ३१ वर्षीय अजय थापा मगर छन् ।
उनीहरुले लागूऔषध मुद्दाका एक प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै ती प्रतिवादीकी श्रीमतीबाट ४ लाख ७९ हजार रुपैयाँ असुली गरेका थिए ।
सो सूचना पाएपछि प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरुलाई काठमाडौँ जिल्ला अदालत परिसरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ४ लाख ७९ हजार रुपैयाँ, तीन थान मोबाइल र प्रतिवादीकी श्रीमतीको नाममा रहेको माछापुच्छ्रे बैंकको ७ थान खाली चेक बरामद गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्