काठमाडौँ । चाडपर्व नजिकिएसँगै कैलालीका सीमानाका कडाइ गरिएको छ । खुला नाका भएकाले अवैध रुपमा प्रतिबन्धित सामानको तस्करी हुने जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले निगरानी र सतर्कता बढाएको हो ।
सोही क्रममा अवैध रुपमा भारतबाट नेपाल ल्याइँदै गरेको झण्डै १ लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटाका बरामद गरिएको छ ।
कैलारी गाउँपालिका-३ खोनपुरस्थित इलाका सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर खोनपुरबाट सशस्त्र प्रहरी हवल्दार किसन सिंह विष्टको कमाण्डमा खटिएको टोलीले अन्दाजी ९७ हजार ५ सय १० रुपैयाँ बराबरको पटाका बरामद गरिएको गुल्म पति कविराज बस्नेतले जानकारी दिएका छन् । 
उनका अनुसार बरामद गरिएका पटाका सशस्त्र प्रहरीको सीमा सुरक्षा हेड क्वाटर खोनपुरको पेरिमिटर भित्र खाल्डो खनेर नष्ट गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्