Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै लाखौं ठग्ने ५ जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षिया मनिषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, ४९ वर्षीय खोप बहादुर शाही, ४९ वर्षकै दिपेन्द्र खत्री र ४८ वर्षिया सिता लुइँटेल रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मनिषा सुनार र ठाकुर बहादुर सुनारले बेलायत पठाउने भन्दै १२ लाख रुपैयाँ, शाहीले रोमानिया पठाउने भन्दै २ लाख रुपैयाँ, खत्रीले न्युजिल्याण्ड पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ र लुइँटेलले पोर्चुगल पठाउने भन्दै ३ लाख रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK