Skip to content
LAXMI SUNRISE BANK

बुधबार ३६.२५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६१८.०३ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २६१८.०३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५२ कम्पनीको २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट्स लिमिटेडको भएको छ । यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK