Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्- ‘जाडोयाममा लोडसेडिङ हुन दिन्नौँ’

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जाडोयाममा लोडसेडिङ हुन नदिने बताएका छन् । दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन् । 

‘हामीले हिउँदमा विद्युत आपूर्ति सहज बनाउने विकल्पबारे सोचिरहेका छौँ ।’, उनले भने, ‘…जाडोयाममा विद्युत आपूर्तिमा समस्या आउन दिँदैनौँ ।’

त्यस्तै, उनले भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाहरुको पुनर्निमाण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । क्षतिग्रस्त परियोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नको कार्य सुरु भइसकेको श्रेष्ठको भनाई छ ।

बाढीले थुप्रै हाइड्रोपावरमा क्षति गरेपछि हिउँदमा विद्युत आपूर्तिमा समस्या हुने चर्चा चलेका बेला श्रेष्ठले हिउँदयाममा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक उर्जाको खोजी भइरहेको समेत बताएका छन् । 

अर्कोतर्फ सुनकोशी-३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको पनि श्रेष्ठले बताए । उनले नागरिकलाई सहज तथा गुणस्तरीय बिजुली वितरण गर्न आफू प्रतिबद्ध रहेको समेत बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK