काठमाडौँ । अध्यागमन विभागले १० हजार पासपोर्ट कालोसूचीमा राखेको छ । नेपाल प्रहरी, कारागार व्यवस्थापन विभाग, अदालत, सम्पत्ति शुद्धीकरण विभाग, सहकारी विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसका आधारमा विभागले १० हजार पासपोर्ट कालोसूचीमा राखेको हो ।
विभागका अनुसार कालोसूचीमा परेका १० हजार पासपोर्टमध्ये ६ हजार नेपाली र ४ हजार विदेशी पासपोर्ट रहेका छन् ।
क-कसको पासपोर्ट रोक्का गरिएको छ भन्ने विवरण भने खुलाइएको छैन । यद्यपि विदेशी नागरिकको हकमा नेपालमा आएर विभिन्न आपराधिक कसुर गरेकाहरुको पासपोर्ट कालोसूचीमा राखिएको विभागले जनाएको छ ।
कालोसूचीमा परेका विदेशी पासपोर्टहरुमध्ये कतिपयलाई नेपालबाटै निष्कासन गरिसकिएको छ । उनीहरुको पासपोर्टसमेत निश्चित समयका लागि कालोसूचीमा राखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्