Skip to content
LAXMI SUNRISE BANK

सञ्चारकर्मी आचार्य अभिनित म्युजिक भिडियो ‘दशैँको माहोल’ सार्वजनिक

अर्थ सरोकार

काठमाडौँ । सञ्चारकर्मी सुप्रिया आचार्यको अभिनय रहेको म्युजिक भिडियो ’दशैँको माहोल’ सार्वजनिक भएको छ । गायक राजु परियार र गायिका पम्फा बान्जाडेको स्वरमा रहेको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । अशोक कुमार सापकोटाको शब्द तथा विष्णु तामाङको संगीत तथा एरेन्जमा तयार भएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन् । निरेन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा आचार्यसहित प्रेम लामा, भैरम श्रेष्ठ, प्रेम बिष्ट लगायतको अभिनय रहेको छ।

भिडियोको छायांकन सुनिल भण्डारीले गरेका हुन् । राजकुमार मगरले भिडियोको पोस्ट प्रोडक्सन रोयल मुभिज प्रालिले गरेको हो ।

गीतमा लोकसंगीतको स्वादसँगै प्रेम तथा भावनात्मक कथालाई प्रस्तुत गरिएको छ । सार्वजनिक भिडियोले दर्शक तथा संगीतप्रेमीबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

सञ्चार कर्मसँगै म्युजिक भिडियोको यात्रामा आचार्य
सञ्चारकर्मी सुप्रिया आचार्य बिगत ४ बर्षदेखि सञ्चारकर्ममा छिन् । आर्थिक मिडिया अर्थ सरोकार डटकममा सम्बाददाता, समाचार प्रस्तोता तथा कार्यक्रम निर्माताका रुपमा कार्यरत आचार्य अभिनित अन्य सार्वजनिक विज्ञापन सन्देश, तथा पर्व सन्देशका भिडियोहरु सार्वजनिक भईसकेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK