Skip to content
LAXMI SUNRISE BANK

संसद्को क्यान्टिन महँगो भएको रास्वपा सांसदको गुनासो, भने- ‘भत्ताले खाजा खानै पुगेन’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संघीय संसदको क्यान्टिनमा महँगो भएको गुनासो गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो बताएका हुन् । 

उनले क्यान्टिनको मूल्य अस्वभाविक रूपमा महँगो भएको भन्दै माननीयहरूको तलबले खानपान र खर्च धान्न कठिन भएको व्यङ्ग्य गरे । 

क्यान्टिनको गुणस्तर र मूल्य नियन्त्रण गर्न अविलम्ब कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै त्यहाँ लामखुट्टेको प्रकोपसमेत बढेको सांसद भण्डारीले बताएका छन् । 

‘क्यान्टिनमा रेटको कुनै तालमेल छैन । खाजा महँगो छ, जसले गर्दा माननीयहरूले सास्ती भोग्नुपरेको छ ।’, उनले भने, ‘भोकभोकै बस्नुपर्ने वा महँगो मूल्य तिर्नुपर्ने दुवै विकल्प पीडादायी छन्, यसतर्फ संसद् सचिवालयको ध्यान जानु जरुरी छ ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK