काठमाडौँ । दुई दिनदेखि नियमित रूपमा परेको वर्षाका कारण काडमाडौँ उपत्यकाको फोहर अन्तिम व्यवस्थापनमा समस्या भएको छ ।
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार वर्षाका कारण ‘सिस्डोल ल्यान्डफिल साइट’ मा लेदोसहितको पानी बग्न थालेपछि फोहर ढुवानी र व्यवस्थापनमा समस्या आएको हो ।
अन्तिम फोहर व्यवस्थापनमा समस्या आएको भन्दै प्रमुख राईले स्रोतमा नै फोहर व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेका छन् । घर, पसल, व्यवसाय र कम्पाउन्डको फोहर सडक र सार्वजनिकस्थल, खोलानाला र खुला स्थानमा नफाल्न आग्रह गर्दै उनले उल्लेखित स्थानमा फोहर फाले सडक अवरुद्ध हुनुका साथै पानी निकासमा समेत बाधा पुग्ने बताएका छन् ।
अवस्था सामान्य हुनासाथ फोहर सङ्कलन तथा ढुवानी नियमित रूपमा हुने पनि राईले जानकारी दिएका छन् । ल्यान्डफिल साइटमा हाल काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर दैनिक करिब २०० गाडीले अन्तिम रूपमा व्यवस्थापन गर्दै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्