Skip to content
LAXMI SUNRISE BANK

‘छैठौँ एक्यान नेशनल फुटसल टुर्नामेन्ट’ सम्पन्न, टिम बाँकेले उचाल्यो ट्रफी

अर्थ सरोकार

काठमाडौँ । ‘छैठौँ एक्यान नेशनल फुटसल टुर्नामेन्ट २०८३’ सम्पन्न भएको छ । नेपाल चार्टर्ट एकाउन्टेन्ट संघ (एक्यान) कास्की च्याप्टरको आयोजनामा पोखरामा ‘छैठौँ एक्यान नेशनल फुटसल टुर्नामेन्ट २०८३’ सम्पन्न भएको हो । 

प्रतियोगिता असोज ९ र १० गते आयोजना गरिएको थियो ।  

प्रतियोगिताको फाइनल खेलमा टिम सेन्ट्रललाई १ गोलले हराउँदै टिम बाँके प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगितामा महिलाका २ र पुरुषका १५ टोली सहभागी थिए । 

प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँसहित मेडल र ट्रफी पाएको छ भने उपविजेता टोलीले एक लाख रुपैयाँ र तृतीय हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । त्यस्तै, विधागत रुपमा उत्कृष्ट खेलाडीलाई १० हजार नगदसहित ‘द क्लिफ’मा स्वीङ वा बन्जी निःशुल्क गरिएको छ । 

त्यस्तै, सर्वाधिक गोलकर्तालाई १० हजार तथा अन्य विधागत रुपमा उत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँ पुरस्कार दिइएको छ । 

प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदमार्फत देशभरका सिए प्रोफेसनलबीच आपसी सद्भाव, मित्रता, सहकार्य तथा पेशागत सम्बन्धलाई थप सुदृढ गर्नु रहेको एक्यानका केन्द्रीय उपाध्यक्ष अनिल लामिछानेले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK