Skip to content
LAXMI SUNRISE BANK

दोहोरो अंकले घट्यो नेप्से, बजार २६१३.३३ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५७ कम्पनीको १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ३५ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा १०% केबिएल डिबेन्चर २०९०का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK