Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ९.६२ अंकले घट्यो नेप्से परिसूचक, बजार २६०३.७१ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा १२% आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सिटिजन्स सुपर ३० म्युचुअल फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK