Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य २८ सयले बढ्यो, चाँदीको मुल्य कति ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला ४४२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५१ हजार ४ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७९४ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK