काठमाडौँ । रारा चाउचाउ गुणस्तरहीन प्रमाणित भएको छ । गुणस्तरहीन प्रमाणित भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको तयारी चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डअनुसार न्यूनस्तरको पाइएको जनाएको छ ।
विभागका अनुसार ६० ग्रामको ‘तयारी चाउचाउ’, ब्याच नं. REG 01, RARA ब्रान्डको उत्पादन फिर्ता गर्न निर्देशन दिइएको हो ।
उक्त उत्पादन हिमश्री फुड्स प्रालि पोखराले उत्पादन गरेको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को सम्बन्धित प्रावधानअनुसार विभागले उत्पादकलाई उक्त ब्याचका खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न/नगराउन आदेश दिएको छ ।
केही समय अघि रामपम चाउचाउ पनि गुणस्तरहीन प्रमाणित भएको थियो । रमपम गुणस्तरहीन प्रमाणित भएको केहि समयपछि रारा चाउचाउ पनि गुणस्तरहीन प्रमाणित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्