Skip to content
LAXMI SUNRISE BANK

सुन र चाँदीको मूल्य स्थिर, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला ४४२५ रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५१ हजार ४ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७९४ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK