काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । शुक्रबार नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५६ कम्पनीको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार १०.७५% एसबिएल डिबेन्चर २०८९को भएको छ । यस कम्पनीको २६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा एनएमबि डिबेन्चर १०.७५% (ऋणपत्र) २०८९/२०९०का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, सिन्धु विकास बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्