काठमाडौँ । कुमारी बैंक लिमिटेड र ठमेल-काठमाडौंस्थित रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरको होटल तथा रेस्टुरेन्टका खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै, होटलका विभिन्न सेवा सुविधा लिनका लागि ग्राहकलाई किस्ताबन्दी सुविधासमेत उपलब्ध गराइनेछ र वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन् । पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले एक दिनको रुम निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन् । ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा समेत विशेष छुटको व्यवस्था गरिएको छ ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९५ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्