Skip to content
LAXMI SUNRISE BANK

१५औँ महाधिवेशनमा कृष्णकुमारी बस्नेतद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ कृष्णकुमारी बस्नेतले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । बस्नेत नेपाली कांग्रेसकी पूर्व उपाध्यक्ष, पूर्व स्ववियु उपसभापति (पशुपति क्याम्पस) तथा नेपाल विद्यार्थी संघ, पशुपति क्याम्पस इकाइकी पूर्व अध्यक्ष हुन् ।

उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा ग्रामीण विकासमा स्नातकोत्तर गरेकी छन् । उनी कानुन व्यवसायी (BA LLB) समेत हुन् । बस्नेतले बागमती प्रदेश योजना आयोगको पूर्व सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

नेपाली कांग्रेसभित्र बस्नेतलाई भद्र, शालीन र इमानदार नेतृका रूपमा चिनिने तथा युवा पुस्तामाझ लोकप्रिय नेतृका रूपमा लिइने गरिएको छ ।

१५औँ महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले पार्टीको केन्द्रीय नेतृत्वमा रहेर आफ्नो राजनीतिक तथा संगठनात्मक अनुभवलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK