Skip to content
LAXMI SUNRISE BANK

टेक्नो स्मार्टफोन खरिदमा ५ लाखको सुनको चंगा जित्ने मौका

अर्थ सरोकार

काठमाडौँ । नेपालीहरूको महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्मार्टफोन ब्रान्ड ‘टेक्नो’ ले नेपाली ग्राहकहरूका लागि आकर्षक फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक चाडपर्व विशेष योजना ल्याएको हो ।

यो योजना अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म देशभर लागू हुनेछ । यस अवधिभर जुनसुकै मोडेलको टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लाखौँ रुपैयाँ मूल्य बराबरका सुन तथा चाँदीका चंगा र सिक्का जित्न सक्ने कम्पनीले जनाएको छ ।

कसरी सहभागी हुने ?

नेपालभरका आधिकारिक विक्रेता वा अनलाइन माध्यमबाट टेक्नो स्मार्टफोन खरिद गरेपछि ग्राहकले त्यहाँ उपलब्ध अफरको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । त्यसपश्चात खुल्ने वेबसाइटमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगाना र खरिद गरिएको फोनको आइएमइआई नम्बर दाखिला गरी सबमिट गरेपछि ग्राहक योजनामा सहभागी हुन सक्नेछन् ।

उपहार योजनाका विशेषता:

१. तत्काल उपहार (डिजिटल स्क्र्याच कुपन): विवरण दर्ता गर्नासाथ मोबाइल स्क्रिनमा देखिने डिजिटल स्क्र्याच कुपन स्क्र्याच गरी भाग्यशाली ग्राहकले तत्कालै ३० हजार रुपैयाँ बराबरको चाँदीको चंगा वा ५ हजार रुपैयाँ बराबरको चाँदीको सिक्का जित्न सक्नेछन् ।

२. बम्पर उपहार (लक्की ड्र): डिजिटल कुपनमा तत्काल उपहार परेका वा नपरेका सबै सहभागीहरू स्वतः बम्पर लक्की ड्रमा सामेल हुनेछन् । क्याम्पेनको अन्त्यमा हुने लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले रु. ५ लाख मूल्य बराबरको ‘सुनको चंगा’ प्राप्त गर्नेछन् ।

टेक्नोका नेपाल र भारतका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अरिजित तालापात्राले चाडपर्वको खुसीलाई थप विशेष बनाउन र नेपाली ग्राहकहरूले देखाएको माया तथा विश्वासप्रति आभार व्यक्त गर्न यो योजना ल्याइएको बताएका छन् ।

मजबुत बनावट, उत्कृष्ट नेटवर्क, टिकाउ ब्याट्री, सुलभ मूल्य तथा हरेक स्मार्टफोनमा १०० दिनको रिप्लेसमेन्ट ग्यारेन्टीका कारण नेपाली बजारमा टेक्नो ब्रान्ड रुचाइँदै आएको कम्पनीले उल्लेख गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK