काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा रुबी सिटौलाले उम्मेदवारी घोषणा गरेकी छन् । झापाबाट कांग्रेसको राजनीतिक संस्कार, संघर्ष र संगठनसँग जोडिँदै आएको आफ्नो यात्रालाई अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको बताउँदै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन् ।
उम्मेदवारी घोषणा गर्दै २२ वर्षे सिटौलाले आफ्नो लक्ष्य केवल निर्वाचन जित्नु नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनु रहेको बताएकी छन् । बदलिँदो राजनीतिक, सामाजिक तथा आर्थिक परिवेशअनुसार कांग्रेसले नयाँ सोच र कार्यशैली विकास गर्नुपर्ने उनको धारणा छ ।
उनले कांग्रेसमा नयाँ आर्थिक सोच, प्रविधिमैत्री संगठन, अवसरमा समान पहुँच र राजनीतिक संस्थाप्रति पुनःविश्वास निर्माण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेकी छन् । सिटौलाले आफ्नो उम्मेदवारीलाई कुनै क्षणिक राजनीतिक लहर नभई आगामी दशकको कांग्रेस कस्तो हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोणको सार्वजनिक घोषणाका रूपमा प्रस्तुत गरेकी छन् ।
महिलाको राजनीतिक सहभागिता केवल संख्यात्मक प्रतिनिधित्वमा सीमित नभई नीति निर्माणको केन्द्रमा महिलाको अनुभव र दृष्टिकोण पुग्नुपर्ने उनको भनाइ छ । त्यस्तै, युवालाई चुनावी भीड र नारामा मात्र सीमित नराखी संगठन निर्माण, नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण भूमिका दिनुपर्ने उनले बताएकी छन् ।
कांग्रेसको गौरवशाली इतिहासलाई सम्मान गर्दै त्यसलाई वर्तमान र भविष्य निर्माणका लागि उपयोग गर्नुपर्नेमा जोड दिँदै सिटौलाले नयाँ समयअनुकूल राजनीतिक अभ्यास र संगठन निर्माण आफ्नो प्राथमिकता हुने बताएकी छन् । झापा जिल्लाबाट कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा सुरु भएको आफ्नो राजनीतिक यात्रा कोशी प्रदेश हुँदै केन्द्रसम्म पुर्याउने लक्ष्य रहेको उल्लेख गर्दै उनले राजनीतिमा आफ्नो उपस्थितिको कारण खोज्नेभन्दा आफ्नो उपस्थितिको अर्थ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
सिटौलाले आफ्नो उम्मेदवारीमार्फत महिला तथा युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र बदलिँदो समयअनुकूल बनाउने संकल्पसमेत व्यक्त गरेकी छन् । ‘नयाँ अध्यायतर्फको यो यात्रामा स्पष्ट दृष्टिकोण र जिम्मेवारीबोधका साथ अघि बढेकी छु ।’, उनले भनेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्