काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माको मुद्दा देवीकुमारी चौधरीको इजलासमा परेको छ । मंगलबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका शर्माको मुद्दा पर्सा जिल्ला अदालतमा चौधरीको इजलासमा परेको हो ।
चौधरीको इजलासमा शर्मालाई पूर्पक्षका लागि जेल चलान गर्ने कि धरौटी वा सामान्य तारेखमा छाड्ने भन्ने विषयमा थुनछेक बहस हुनेछ ।
शर्माविरुद्ध तत्कालीन सनराइज बैंकमा रहँदा कर्जा स्वीकृत गरेर पनि ऋण नदिएको बरु उल्टै धितो लिलाम गरेको आरोप छ । उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
अंजली इन्टरनेशनलकी सञ्चालक निर्मला देवीको जाहेरीका आधारमा शर्मासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
सोही मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार भएका शर्माले मंगलबार आत्मसमर्पण गरेका छन् । प्रहरीको नियन्त्रणमा रहेका शर्मालाई केही बेरमा अदालत उपस्थित गराइँदैछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्