Skip to content
LAXMI SUNRISE BANK

दशैँका लागि २८ हजारमा बोका किनेर १९ हजार नक्कली नोट दिने २ जना पक्राउ, अब जेलको बास् !  

अर्थ सरोकार

काठमाडौँ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो । 

उनीहरूले सुनकोशी-९ मा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा रु २८ हजारको कारोबार गरेका थिए । 

सो क्रममा दुवै जनाले रु १९ हजार बराबरको १९ थान हजार रूपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महर्जनले बताए । 

प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौँबाट ल्याएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK