Skip to content
LAXMI SUNRISE BANK

विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपालको स्थान खस्कियो, १६५ देशमध्ये ९०औँ स्थानमा झर्यो

अर्थ सरोकार

काठमाडौँ । विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपालको स्थान खस्किएको छ । समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रताः २०२६ वार्षिक प्रतिवेदन अनुसार नेपालको एक स्थान खस्किएको हो । 

प्रतिवेदन अनुसार यसअघि सन् २०२५ मा १६५ देशमध्ये ८९औँ स्थानमा रहेको नेपालको स्तर सन् २०२६ मा ९०औँ स्थानमा झरेको छ । 

उक्त प्रतिवेदन क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा सार्वजनिक गरिएको हो । सन् २०२६ मा नेपालको स्थान खस्किए पनि कोभिड-१९ महामारीपछि स्थानमा व्यापक सुधार भएको देखिन्छ । 

यसअघि सन् २०१९ मा नेपाल ९८औँ स्थानमा थियो भने सन् २०२० मा नेपालको स्थान अझै खस्किएर १००औँ स्थानमा पुगेको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK