Skip to content
LAXMI SUNRISE BANK

बुधबार ६.३८ अंकले घट्यो नेप्से परिसूचक, बजार २५७२.३४ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५९ कम्पनीको १ करोड ३ लाख ६८८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, ग्लोबल आईएमई समुन्नत योजना-२ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK