Skip to content
LAXMI SUNRISE BANK

कोरिया पठाउने भन्दै ठगी गर्ने न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । कोरिया पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालक २८ वर्षीय गणेश पाण्डे रहेका छन् । 

पाण्डेको स्थायी ठेगाना नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं. ११ हो भने उनी हाल काठमाडौँ महानगरपालिका वडा नं. २६ बस्दै आएका थिए ।  

उनले कोरिया पठाउने भन्दै २ वर्षदेखि एक जनालाई अलपत्र पारेको आरोप छ । सामाजिक संजालमा एक महिलाले आफ्नो छोरालाई उक्त कन्सल्टेन्सीले कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको भन्दै कारवाहीको माग गर्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।

सोहि भिडियोको आधारमा अनुसन्धानका लागि पाण्डेलाई प्रहरीले असोज २० गते रानीबारी चोकबाट पक्राउ गरेको हो । पक्राउ परेका पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK