Skip to content
LAXMI SUNRISE BANK

झिनो अंकले बढ्यो नेप्से परिसूचक, बजार २५७४.६५ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, आरविवि म्युचुअल फण्ड-२ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK