Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १७ अर्ब बढी संकलन

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा साढे १७ अर्ब बढी संकलन भएको छ । भोटेकोशी बाढीपछि हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६ सय ९८ रुपैयाँ पुगेको हो ।

प्रधानमन्त्री कार्यालयको विवरण अनुसार कोषका विभिन्न ९ बैंकमा रहेका खातामा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २ सय १ रुपैयाँ संकलन भएको छ ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा २ करोड ९७ लाख २९ हजार ९ सय ७२ अमेरिकी डलर पुगेको छ । उक्त कोषबाट १ अर्ब रुपैयाँ बाढी प्रभावितका लागि निकासा भइसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK