Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ४.१२ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५९९.९३ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, स्नो रिभर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK