काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फ डा. भद्रा पराजुली भण्डारी विजयी भएकी छिन् । काँग्रेसको १५औँ महाधिवेशनबाट भण्डारी केन्द्रीय सदस्यमा विजयी भएकी हुन् ।
खस आर्य महिलाका लागि खसेको कुल ७ हजार भन्दा बढी मतमध्ये ३ हजार ९ सय ६६ मत प्राप्त गर्दै भण्डारी पहिलो नम्बरमा केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।
काँग्रेसको खस आर्यतर्फ जानुका पन्त, गीता देवकोटा, जानकी सिंह, अम्बिका सुवेदी, कुष्णकुमारी बस्नेत, सरिता तिम्सिना पंगेनी, चम्पादेवी खड्का, सन्तोषी साउद ऐरी, उर्मिला कँडेल र शोभा अधिकारीले उम्मेदवारी दिएका थिए ।
त्यस्तै, बिन्दु मल्ल ठकुरी (आस्था), निर्मला वस्ताकोटी (निरु खड्का), हिरा भट्टराई, सितादेवी पौडेल, सुजना कार्की, प्रमिला लम्साल, निर्मला कुमारी रावल कार्की, सरस्वती भट्ट, कमला लामिछाने, सीता ज्ञवाली, माधवी शर्मा वाग्ले, शान्ता बास्कोटा, नारायणी रायमाझी, बसन्ती भाट, गीता सिंखडा, सुमनकुमारी संज्याल, राधाकुमारी कुँवर क्षेत्री, निर्मला रिसाल र सृजना लामिछाने फुँयाल पनि प्रतिस्पर्धामा थिए ।
तर, सबै प्रतिस्पर्धिलाई पछि पार्दै डा. भद्रा पहिलो नम्बरमा केन्द्रीय सदस्य पदमा विजयी भएकी छिन् । उक्त केन्द्रीय सदस्य (खस आर्य महिला) पदमा ८ जना निर्वाचित हुनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्