Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको नयाँ निर्देशनः दैनिक १० लाख बढीको सेयर कारोबार गर्नेमाथि निगरानी गरिने !

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारमा १० लाख वा सो भन्दा बढीको कारोबार गर्नेमाथि निगरानी गरिने भएको छ । ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३’ जारी गर्दै बोर्डले १० लाख रुपैयाँ वा सो भन्दा बढीको सेयर कारोबार गर्नेमाथि निगरानी गर्ने बताएको हो ।

योसँगै अब कसैले दैनिक १० लाख वा सो भन्दा बढीको सेयर कारोबार गरे सम्बन्धित सूचक संस्थाले सो कारोबारको विवरण राख्नुपर्नेछ भने १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्नेछ ।

यस्तो कारोबारको रकम, श्रेस्ता वा हिसाब सञ्चालनसम्बन्धी छुट्टै अभिलेख राख्नुपर्ने तथा कारोबारमा प्रयोग भएको रकमको स्रोतसमेत खुलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।

उक्त व्यवस्थाले सेयर कारोबारमा प्रयोग भएको रकम कहाँबाट आयो ? स्रोत के हो ? र कसरी प्रयोग भयो भन्ने विषयमा निगरानी राख्न सहज हुने बोर्डले जनाएको छ ।

त्यस्तै, उक्त निर्देशिकामा राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहक पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ । योसँगै अब नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रका आधारमा ग्राहकको पहिचान पुष्टि गरी व्यवसायिक सम्बन्ध स्थापित गर्ने व्यवस्था मिलाउनुपर्नेछ । त्यस्तै, ग्राहकको विवरण, सम्पर्क नम्बर, इमेल, ठेगाना र फोटोसमेत आवश्यकता अनुसार प्रमाणिकरण गर्नुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK