Skip to content
LAXMI SUNRISE BANK

दशैँमा अब ‘डिजिटल दक्षिणा’, दैनिक ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने !

अर्थ सरोकार

काठमाडौँ । चाडपर्वका बेला वालेटमा दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 

विशेषगरी दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 

योसँगै अब डिजिटल वालेटमा दैनिक ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार उक्त व्यवस्था असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । 

यसअघि एक दिनमा वालेटमा १० पटकसम्म मात्र रकम जम्मा गर्न सकिने व्यवस्था थियो । चाडपर्वमा दक्षिणा लगायतका कारोबार गर्दा डिजिटल माध्यमको प्रयोग बढाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK