काठमाडौँ । गजलकार कमल संघर्षको गजल सङ्ग्रह ‘हियाका कुडा’ २०८२ सालको छायाँदेवी–चेतनाथ गजल पुरस्कार प्राप्त गरेको छ । यस वर्षको पुरस्कारका लागि मूल्याङ्कन गरिएका कृतिमध्ये ‘हियाका कुडा’ ले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै उत्कृष्ट कृतिका रूपमा आफूलाई स्थापित गरेको हो ।
यस वर्ष पुरस्कारका लागि केशव भट्टराई र रूपक अलङ्कार निर्णायक रहेका थिए । दुवै निर्णायकले स्वतन्त्र रूपमा गरेको मूल्याङ्कनका आधारमा ‘हियाका कुडा’ उत्कृष्ट ठहरिएको हो । निर्णायकद्वयले प्रदान गरेको अङ्कको विवरणअनुसार कृतिले ८४ र ८८ अङ्क प्राप्त गरेको छ । यद्यपि, सार्वजनिक विवरणमा उल्लिखित कुल अङ्क १७३ रहेको छ ।
गजल सङ्ग्रह ‘हियाका कुडा’ का लेखक कमल संघर्षलाई पुरस्कारस्वरूप नगद १० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरिनेछ । आगामी २०८३ साल कार्तिक ८ गते आइतबार काठमाडौँमा आयोजना हुने एक कार्यक्रममार्फत पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । छायाँदेवी–चेतनाथ गजल पुरस्कारको संयोजक अच्युत घिमिरे (बुलबुल कम्युनिकेसन) र संरक्षकमा जे. सागर रहेका छन् ।
शिखा बुक्सले प्रकाशन गरेको खस नेपाली भाषामा लेखिएको हियाका कुडा गजलकार कमल सङ्घर्षको तेस्रो गजलसङ्ग्रह हो । यसअघि सङ्घर्षका सडक, खुडी नामक गजलसङ्ग्रह प्रकाशित छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्