काठमाडौँ । पीएचपी कोडिङ प्रणालीमा सुरक्षा जोखिम देखिएको भन्दै सरकारी वेबसाइटहरु ४ दिनदेखि बन्द छन् । साइबर सुरक्षालाई ध्यानमा दिँदै सरकारले नै वेबसाइटहरु अस्थायी रुपमा बन्द गरेको हो ।
तर, वेबसाइटहरु बन्द भएको ४ दिन बितिसक्दा पनि वेबसाइटहरु खुल्ने छाँटकाँट छैन ।
यसो त पीएचपीमा सुरक्षा जोखिम देखिने बितिकै राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले पनि वेबसाइट तथा अनलाइन सेवा अस्थायी रुपमा बन्द गरेका थिए । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले समस्या समाधन गरेर सेवा सुरु गरिसकेका छन् ।
तर, निजी कम्पनीहरुका वेबसाइट सञ्चालन भइसक्दा पनि सरकारी वेबसाइटहरु भने बन्द छन् । वेबसाइटहरु बन्द हुँदा अनलाइन सेवा लिनेहरु प्रभावित भएका छन् ।
विशेषगरी राहदानी विभाग, यातायात व्यवस्था विभाग, राजस्व अनुसन्धान विभागको भीसीटीएस प्रणाली, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्था तथा अभिलेख विभाग, कालीमाटी तरकारी बजारका वेबसाइटहरु नखुल्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्