काठमाडौँ । आफैँ सरकारी गाडी चलाउने कर्मचारीलाई ड्राइभरको तलबसमेत दिने प्रस्ताव गरिएको छ । सरकारी कर्मचारीको सुविधा र सरकारी खर्चलाई व्यवस्थित गर्न तयार गरिएको ‘सरकारी कर्मचारीको सवारी साधन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।
उक्त मस्यौदामा उच्च पदस्थ कर्मचारीले आफैँ गाडी चलाएमा ड्राइभरले पाउने तलब बराबर (करिब २६ हजारदेखि २९ हजारसम्म) रकम पाउने व्यवस्था गरिएको छ ।
उक्त व्यवस्था मुख्यसचिव, सचिव र सहसचिव वा सो सरहका कर्मचारीको हकमा लागू हुने मस्यौदामा उल्लेख छ । उनीहरुले चालक राख्ने वा आफैँ सवारी चलाउनमध्ये एउटा विकल्प रोज्न पाउनेछन् ।
यो व्यवस्था सरकारी गाडीमा मात्र नभएर व्यक्तिगत स्वामित्वको सवारी साधन प्रयोग गरेमा पनि लागू हुने मस्यौदामा उल्लेख गरिएको छ ।
त्यस्तै, आफैँ गाडी चलाउन अधिकारीलाई ड्राइभरको तलबसरह रकम दिनेसँगै सवारी साधनको इन्धन र मर्मत खर्च पनि नगदमा दिने प्रस्ताव गरिएको छ । मस्यौदामा मुख्यसचिव तथा सचिव तहका अधिकारीका लागि वार्षिक इन्धन खर्च १ लाख ४० हजार रुपैयाँ र मर्मत खर्च १ लाख रुपैयाँ, सहसचिव तहका अधिकारीका लागि वार्षिक इन्धन खर्च १ लाख २० हजार रुपैयाँ र मर्मत खर्च ७५ हजार रुपैयाँ दिने प्रस्ताव गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्