Skip to content
LAXMI SUNRISE BANK

सर्बियामा विद्यार्थी आन्दोलनः बुचिचको १४ वर्ष लामो शासन ढल्यो, राष्ट्रपतिले स्वीकारे हार !

अर्थ सरोकार

काठमाडौँ । सर्बियामा १४ वर्ष लामो शासन ढलेको छ । विद्यार्थी आन्दोलनपछि सम्पन्न संसदीय निर्वाचनमा ‘स्टुडेन्ट लिस्ट’ले बहुमत पाएपछि पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन ढलेको हो ।

निर्वाचनपछि पूर्व राष्ट्रपति बुचिचले समेत हार स्वीकारेका छन् ।

निर्वाचनमा स्टुडेन्ट लिस्ले २५० सिटमध्ये १ सय ३५ भन्दा धेरै सिट जितेको छ । बुचिचको सर्बियन प्रोगेसिभ पार्टी गठबन्धनले १०५ सिट मात्र जितेको छ ।

स्टुडेन्ट लिस्टबाट डा. इलिया स्रदानोभिचको नेतृत्वमा निर्वाचनमा होमिएका प्राध्यापक, कलाकार, खेलाडी र कृषकमध्ये अधिकांश विजयी भएका छन् । हाल सर्बियामा स्टुडेन्ट लिस्टले विजय उत्सव मनाइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK