Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारमा १० लाखको सीमा प्रतिबन्ध होइन, लगानी गर्दा डराउनुपर्दैन’- मनोज ज्ञवाली

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय सेयर बजारमा १० लाखको सीमा ‘हट इस्यु’ बनेको छ । एक दिनमै १० लाख वा सो भन्दा बढीको सेयर कारोबार गर्दा अनिवार्य रुपमा कारोबारको प्रतिवेदन पठाउनुपर्ने भएपछि बजारमा यो व्यवस्थाको चर्चा व्यापक छ ।

अझ कतिपयले माहोल बन्दै गइरहेको बजारमा अनाश्यक रुपमा लगानीकर्ता तर्साउने काम भएको भन्दै सो व्यवस्थाको विरोधसमेत गरेका छन् ।

तर, बैंकर मनोज ज्ञवालीले उक्त व्यवस्थाका कारण सेयर बजारमा लगानी गर्दा डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । उनले यो व्यवस्था नयाँ नभएर बैंक निक्षेपको हकमा वर्षौंदेखि रहेको र सेयर कारोबारको रिपोर्टिङ सम्बन्धमा पनि व्यवस्था पुरै नौलो नभएको बताएका छन् ।

त्यस्तै, १० लाखको सीमा आफैँमा प्रतिबन्ध नभएर यो लागू नियमानुसार कारोबारको प्रतिवेदन तथा निगरानीसँग सम्बन्धित हुनसक्ने ज्ञवालीले बताएका छन् । उनले गलत तरिकाले कमाएको सम्पत्तिमा निगरानी हुन्छ र हुनैपर्ने भन्दै नियमसंगतको कमाई लगानी गर्दा डराउनुनपर्ने बताएका छन् ।

यस्तो छ १० लाख वा सो भन्दा बढीको निक्षेप तथा सेयर कारोबार सम्बन्धमा ज्ञवालीको भनाई जस्ताको त्यस्तैः

AML नियम: रु. १० लाख वा सोभन्दा बढीको निक्षेप तथा शेयर कारोबार सम्बन्धमाः
नियम:
-एक दिनमा एकैपटक वा पटक–पटक गरी रु. १० लाख वा सोभन्दा बढीको धितोपत्र खरिद वा बिक्री भएमा सम्बन्धित संस्थाले वित्तीय जानकारी इकाइ (FIU-Nepal) मा कारोबारको प्रतिवेदन पठाउनुपर्ने व्यवस्था गरिएको छ।कारोबार भएको १५ दिनभित्र Threshold Transaction Report (TTR) पठाउनुपर्छ।
– यो व्यबस्था बैंक निक्षेपको हकमा बर्षौ देखि छ। शेयर कारोबारको reporting सम्बन्धमा पनि यो ब्यबस्था पुरै नौलो होईन।
१. नियमको उद्देश्य
– अवैध रूपमा आर्जित रकमलाई वैध देखाउने कार्य रोक्नु।
-भ्रष्टाचार, ठगी, कर छली तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्नु।
-बैंकिङ प्रणाली र शेयर बजारमा पारदर्शिता बढाउनु।
२. शेयर कारोबारमा :
– रु. १० लाख वा सोभन्दा बढीको कारोबारमा लागू हुन्छ।
-सम्बन्धित संस्थाले आवश्यक कारोबार विवरण FIU-Nepal मा पठाउनुपर्ने हुन्छ।
-कारोबारको रकमको स्रोत, ग्राहकको पहिचान र लगानीको उद्देश्य स्पष्ट हुनुपर्छ।
– रु. १० लाख वा बढी निक्षेप हुँदैमा स्वतः अवैध वा शंकास्पद मानिँदैन।
– कारोबारको प्रकृति र जोखिमका आधारमा रकमको स्रोतसम्बन्धी कागजात मागीन सक्छ।
३. प्रभाव
– वित्तीय अपराध नियन्त्रणमा सहयोग।
– पारदर्शिता र जवाफदेहिता वृद्धि।
– वित्तीय प्रणालीप्रति विश्वास अभिवृद्धि।
– नेपाललाई FATF को Grey list बाट निस्किन सहयोग।
-ग्राहकलाई थप कागजात जुटाउनुपर्ने हुनसक्छ।
-ब्रोकरको अनुपालन लागत बढ्न सक्ने।
– अनावश्यक डरले वैध लगानी र कारोबार प्रभावित हुन सक्ने।
४. सर्वसाधारणले ध्यान दिनुपर्ने कुरा
– रकमको वैध स्रोत खुल्ने प्रमाण सुरक्षित राख्ने।
-आफ्नै बैंक खाताबाट कारोबार गर्ने।
-प्रतिवेदनको सीमा छल्न कारोबारलाई कृत्रिम रूपमा टुक्र्याउने काम नगर्ने।
निष्कर्ष: रु. १० लाखको सीमा आफैँमा प्रतिबन्ध होइन। यो लागू नियमअनुसार कारोबारको प्रतिवेदन तथा निगरानीसँग सम्बन्धित हुन सक्छ।गलत तरिकाले कमाएको सम्पत्तीमा निगरानी हुन्छ र हुनैपर्छ; गि र नियमसंगतको कमाई लगानी गर्दा डराउनु पर्ने केही कारण नै छैन।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK