Skip to content
LAXMI SUNRISE BANK

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ, स्क्रिन सेयर गर्न लगाएर बैंक खातामा पहुँच पुर्याएको खुलासा !

अर्थ सरोकार

काठमाडौँ । खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ परेका छन् । ‘खल्तीको कर्मचारी हुँ, केवाईसी अपडेट गर्नुपर्ने रहेछ’ भन्दै ठगी गर्ने ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेत कुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन् । 

उनीहरुले आफू खल्तीको कर्मचारी भएको र केवाईसी अपडेट गर्नुपर्ने नत्र खाता नै बन्द हुने भन्दै झुक्याएर मोबाइलमा पहुँच पुर्याएर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुले बैंक अकाउन्ट लिंक गराइदिने, ई-स्पिकर बनाइदिने, फन्ड ट्रान्सफर गर्दा पैसा नलाग्ने बनाइदिने भन्दै ठगी गर्दै आएका थिए । ठगीका लागि उनीहरुले ह्वाट्सएपको प्रयोग गर्ने गरेको पनि प्रहरीले जनाएको छ । 

त्यस्तै, उक्त गिरोहले ह्वाट्एपमार्फत अडिया वा भिडियो कल गरेर स्क्रिन सेयर गर्न लगाइ ओटीपी कोड लिएर बैंक खातामा अनधिकृत पहुँच पुर्याएर ठग्ने गरेको पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK