काठमाडौँ । काठमाडौँमा भूमिगत विद्युत लाइन विस्तारको काम अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गत विभिन्न फिडरमा भूमिगत विस्तारको काम अघि बढाएको हो ।
भूमिगत लाइन विस्तारको काम अघि बढेसँगै काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिनसम्म विद्युत आपूर्ति बन्द गरिने भएको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले कात्तिक १३ गते बलम्बु, थानकोट र मातातीर्थ फिडर अन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् काटिने जनाएको छ । कात्तिक १४ गते सीतापाइला अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १५ गते थानकोट तथा रोपवे फिडर अन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् काटिनेछ ।
त्यस्तै, कात्तिक १६ गते बाफल फिडर अन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म, १७ मा शंखमुल फिडर अन्तर्गत युएनपार्कदेखि बिजुलीबजारसम्म, १९ मा स्युचाटार एसएस फिडर अन्तर्गत हाजमा पुल क्षेत्रमा र १८ र २० कात्तिकमा सतुंगल फिडर अन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् काटिने प्राधिकरणले जनाएको छ ।
कात्तिक १३ गतेदेखि २० कात्तिकसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विदुत् काटिने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्