Skip to content
LAXMI SUNRISE BANK

कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना सीआईबीको ‘फन्दा’मा !

अर्थ सरोकार

काठमाडौँ । कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् । कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१३ ताहाचलका श्रीकृष्ण महर्जन (तिलक बुढाथोकी) र ललितपुर महानगरपालिका-१४ का प्रेम नारायण खनाल रहेका छन् । 

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनीहरुले अनुदान मिलाइदिने भन्दै पटक पटक गरी सो रकम (५ करोड ८० लाख) ठगी गरेको सीआईबीले जनाएको छ । 

सीआईबीका अनुसार उनीहरुले सिंहदरबारमा विभिन्न मन्त्रालयका कर्मचारीलाई आफूहरुले चिनेको र सजिलै अनुदान मिलाइदिने भन्दै लोभ देखाएर ठगी गरेका थिए । हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK