Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै घट्यो सुनको मूल्य, तोलामै ८ हजार ३ सयले घटेर २ लाख ७२ हजार पुग्यो !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ हजार ३ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २८०३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १७५ रुपैयाँले घटेर प्रतितोला ३६५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK