काठमाडौँ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसलको उपाधी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौँमा भएको खेलको उपाधी नाफिजले उचालेको हो ।
लिगका आधारमा खेलाइएको खेलमा नाफिजले ४ अंक सहित उपाधि जितेको हो । नाफिज अपराजित रुपमा उपाधि जितेको हो । पहिलो खेलमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई पराजित गरेको नाफिजले दोस्रो खेलमा इकोनोमिक मिडिया एसोसिएसन (इमान) सँग बराबरी खेल्यो ।
पहिलो खेलमा नाफिजले सेजनलाई १–० ले पराजित गरेको हो । खेलमा नाफिजका सुदर्शन श्रेष्ठले गरेको एक मात्रै गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अमिर भट्टराईको पासमा सुदर्शनले उत्कृष्ट गोल गरेका थिए । जुन गोल नाफिजलाई उपाधि जिताउन नै प्रयाप्त भयो ।
दोस्रो खेलमा इमानसँग गोलरहित बराबरी खेल्दै नाफिज अपराजित रहन पुग्यो । सेजनले इमानलाई १–० ले नै पराजित गरे पछि नाफिजले उपाधि जित्न सफल भयो । इमानलाई हराएको सेजन दोस्रो भयो । इमानले तेस्रो स्थान हासिल गरेको छ ।
विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरियो भने अन्य दुई टिमले पनि मेडल प्राप्त गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्