काठमाडौँ । बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरु तलब र बढुवा प्रणालीप्रति असन्तुष्ट रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले गरेको अध्ययनले बीमा क्षेत्रका कर्मचारीहरु तलब र बढुवा प्रणालीप्रति बढी असन्तुष्ट रहेको देखाएको हो ।
अध्ययनले बैंकिङ क्षेत्र र बजारको तुलनामा बीमा क्षेत्रमा काम गर्ने कर्मचारीले तलब कम भएको भन्दै ४२ प्रतिशत कर्मचारीले असन्तुष्टि जनाएका छन् ।
त्यस्तै, अध्ययनमा सहभागी ३५ प्रतिशत कर्मचारीले आधारभूत तलब र भत्ता पर्याप्त नभएको बताएका छन् भने ३८ प्रतिशत कर्मचारीले बढुवा प्रणाली निष्पक्ष नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यसरी तलब तथा बढुवा प्रणालीप्रति असन्तुष्टि जनाउनेहरुले बीमा क्षेत्रमा काम, अनुभव र योग्यता भन्दा बढी नातावाद हावी भएको बताएका छन् । उनीहरुले ५ देखि ९ वर्षसम्म एउटै पदमा काम गर्दा पनि बढुवा नहुने तर पहुँचका आधारमा काम गरेको १-२ वर्षमै बढुवा हुने भन्दै असन्तुष्टि जनाएका छन् ।
यता ४१ प्रतिशत कर्मचारीले औषधि उपचार, बिदा, आवास तथा कर्मचारी कर्जाजस्ता गैरवित्तीय सुविधा अपर्याप्त रहेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्