काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा झण्डै १ खर्ब रुपैयाँ खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनदेखि असोज मसान्तसम्म सरकारले ऋणको साँवा र ब्याज भुक्तानीमा कुल ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको हो ।
यस अवधिमा सरकारले साँवा भुक्तानीतर्फ ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ र ब्याज भुक्तानीतर्फ २१ अर्ब १२ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ ।
चालु आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि कुल ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, आर्थिक वर्षको पहिलो तीन महिनामै विनियोजित बजेटको २३.६६ प्रतिशत रकम भुक्तानी भइसकेको छ ।
यसले सरकारको बजेटमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व ठूलो रहेको देखाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्