Skip to content
LAXMI SUNRISE BANK

एनपिएलः सुदूरपश्चिम रोयल्सको ‘टार्गेट’ जित्ने, लुम्बिनीको फेरि जित्ने !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विश्राम राखिएको छ । नेपाल क्रिकेट संघले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम राखिएको हो ।

फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । फाइनल खेल बेलुका ५ बजे हुनेछ ।

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।

यसो त यसअघि (एनपिएल सिजन–२) को फाइनलमा पनि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिडेका थिए । त्यसबेला सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले ट्रफि उचालेको थियो । यसपटक भने सुदूरपश्चिम रोयल्स कुनै पनि हालतमा ट्रफी हात पार्ने दाउमा छ भने लुम्बिनी लायन्स फेरि जित हासिल गर्ने लक्ष्यमा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK